ओएलपीसी विकि: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
(added more)
m (थप जोडिएको)
Line 25: Line 25:
किन बिकाशिल राष्ट्रहरुका बालबालिकालाई ल्यापटप आवश्यक छ त ? ल्यापटपहरु एक झ्याल र औजार हो: झ्याल जहाँ बाट विश्व चिहाउन सकिन्छ र औजार जसबाट फराकिलो दृष्टिकोणबाट सोच्न सकिन्छ। यी प्रक्रिया सबै बालबालिका लागि अात्मनिर्भर अन्तरक्रियात्मक र प्रतुतिकरणबाट सिकाई सिक्ने राम्रो शेैली हो।<br clear="all"/>
किन बिकाशिल राष्ट्रहरुका बालबालिकालाई ल्यापटप आवश्यक छ त ? ल्यापटपहरु एक झ्याल र औजार हो: झ्याल जहाँ बाट विश्व चिहाउन सकिन्छ र औजार जसबाट फराकिलो दृष्टिकोणबाट सोच्न सकिन्छ। यी प्रक्रिया सबै बालबालिका लागि अात्मनिर्भर अन्तरक्रियात्मक र प्रतुतिकरणबाट सिकाई सिक्ने राम्रो शेैली हो।<br clear="all"/>
==नयाँ कुराहरु==
==नयाँ कुराहरु==

<center><div style="background-color:#c1fea1; border:1px solid #cdf; padding:0px; align:center;font-size:120%;" class="plainlinks">
साप्ताहिक विवरण: '''[[हालका घटनाहरू]]''' &nbsp;&nbsp; &middot; &nbsp;&nbsp;
[http://planet.laptop.org OLPC Planet]&nbsp;&nbsp; &middot; &nbsp;&nbsp;
आरकाईभ: [[पुराना खबरहरू]]
</div>
</center>
[[Image:Uruguay.jpg|thumb|[http://radian.org/notebook/first-deployment The real deal in Uruguay]]]
[[Image:Uruguay.jpg|thumb|[http://radian.org/notebook/first-deployment The real deal in Uruguay]]]
[[Image:StartOfMP.jpg|thumb|क्वान्टामा ल्यापटपको उत्पादन शुरु]]
[[Image:StartOfMP.jpg|thumb|क्वान्टामा ल्यापटपको उत्पादन शुरु]]

Revision as of 10:15, 4 March 2008

प्रति बच्चा एक ल्यापटप
यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।
2024-07-22 08:44(UTC)


  This page is monitored by the OLPC team.
  अनुवादित The OLPC Wiki आधार लेख  
   english | عربيپښتوбългарскиdeutschespañolfrançaiskreyòl ayisyenitaliano日本語한국어монголBahasa Melayuनेपालीnorskportuguêsromânăрусскийkinyarwandatürkçe中文繁體中文   +/- परिवर्तनहरु  


नयाँ सामाग्री लेख्नुहोस्

ओएलपिसीको विकिमा यहाँलाई स्वागत छ। यो प्रति बच्चा एक ल्यापटप परियोजना र सम्बन्धित परियोजना एवं समुदायको सहकार्ययुक्त संगालो हो। हामी संग अहिले 9,909 पृष्ठहरू, करिब दुई हजार जति फाईलहरू र दुई हजार जना दर्ता भएका स्वयंसेवीहरू संलग्न छन् ; कृपया सहभागी हुनुहोस् र आफ्ना बिचारहरू बाँढ्नुहोस्। परियोजनाको परिदृष्यको लागि www.laptop.org पनि हेर्नुहोस्।.

डेभलपरहरुको लागि स्रोत कोड र बग पत्ता लगाउन डेभलपमेन्ट साइट यहाँ राखिएको छ। dev.laptop.org.

हामीसँग अनलाईनमा सुरुवात गर्न चाहिने गाईड छ ; एक्स ओ सम्बन्धी विस्तृत सहयोगको लागि कृपया हाम्रो एक्स ओ सहयोगधेरै सोधिने प्रश्न को सहयोगी पेजहरू हेर्नुहोला ।

प्रति बच्चा एक ल्यापटप, शिक्षा रुपान्तरणबारे एक परियोजना हो। यो बच्चालाई अवसर दिलाउने बारेमा हो जो सिक्ने अवसरबाट बञ्चित छन्। त्यसैले यो, बिकाशिल विश्वका अउँदो पुस्ताका बालबलिाका निम्ति केहि ग्रहण गर्ने , समानता र केहि उज्यालो एवं खुला भविष्य दिने बारेमा हो।

Walter Bender, President, Software and Content
Interview, 24 Apr 2007


प्रति बच्चा एक ल्यापटप संस्था को मिसन विश्वका बालबालिकालाई एक सस्तो ल्यापटप-—"सानु साथी "— बिकास गर्नु हो -जसले हामी बालबालिकालाई कसरी शिक्षा दिन्छै भन्े बारेमा क्रान्ति ल्याउनु हो । विश्वभरि रहेका बालबालिकालाई अाफुलाई ब्यक्त गर्ने, प्रयोग, एवं प्रस्तुतिकरण गर्ने नँया अवसरहरु प्रदान गर्नु हाम्रो मुख्य गोल हो ।

किन बिकाशिल राष्ट्रहरुका बालबालिकालाई ल्यापटप आवश्यक छ त ? ल्यापटपहरु एक झ्याल र औजार हो: झ्याल जहाँ बाट विश्व चिहाउन सकिन्छ र औजार जसबाट फराकिलो दृष्टिकोणबाट सोच्न सकिन्छ। यी प्रक्रिया सबै बालबालिका लागि अात्मनिर्भर अन्तरक्रियात्मक र प्रतुतिकरणबाट सिकाई सिक्ने राम्रो शेैली हो।

नयाँ कुराहरु

क्वान्टामा ल्यापटपको उत्पादन शुरु

साप्ताहिक विवरण: हालका घटनाहरू   ·   आरकाईभ: पुराना खबरहरू

  • द इकोनोमिस्टको लेखमा ओएलपिसीको जवाफ.
  • ओएलपिसीका पूर्व प्रमुख प्राविधिक अधिकृत मेरी लुइ जेप्सेनसँगको अन्तर्वार्ता ग्रोक्लअ मा हेर्नुहोस्।
  • नाइजेरियाली किबोर्ड सम्बन्धी हाम्रो "प्रारम्भिक आपत्ति"।
  • इन्टेलले च बोर्डमा रहेको आफ्नो स्थानबाट राजिनामा दिएको छ र अब ऊ ओएलपिसीको सदस्य रहेन ।
  • हाम्रो एउटा दिनुहोस्, एउटा पाउनुहोस् परियोजना ३१ डिसेम्बर २००७ मा सकिएको छ। सहभागी सबैलाई धन्यवाद ।
  • द न्यूयोर्क टाइम्स मा एक्सओ ल्यपटप र ओएलपिसीले कसरी पेरुको दुर्गम गाउँमा परिवर्तन ल्याएको छ भन्ने बारेमा राम्रो लेख प्रकाशित गरेको छ।
  • मेरी लुइ जेप्सेनले हार्डवेयर जाँच पृष्ठमा सुरक्षा सम्बन्धी थुप्रै लेख राख्नुभएको छ।
  • उरुग्वेले अोएलपिसीको पहिलो सामूहिक उत्पादन तथा बितरण कार्यको सुरुवात गरेको छ! (बिस्तृत विवरणको लागि इभान क्रिष्टिकको ब्लग हेर्नुहोस्)।


प्रति बच्चा एक ल्यापटप को बारेमा

Green and white machine.jpg
यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।
निकोलस निग्रोपोन्टे

यो विकी प्रति बच्चा एक ल्यापटप संस्थाको लागि हो । यो नाफारहित संस्थाको उद्देश्य कम मुल्यको ल्यापटप उत्पादन गर्नु हो। — "$१०० ल्यापटप "— एउटा यस्तो प्रविधि जसले विश्वका वालवालिकालाई हामीले प्रदान गर्ने शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ। हम्रो लक्ष्य विश्वभरिका वालवालिकालाई खोज, अनुसन्धान र आफूहरूलाई ब्यक्त गर्ने नौला अवसरहरू प्रदान गर्नु हो।

विकासशील राष्ट्रका वालवालिकालाई ल्यापटप किन चाहियो? ल्यापटप झ्याल र औजार दुवै हो: एउटा यस्तो झ्याल जसबाट संसार चिहाउन सकिन्छ र एउटा यस्तो औजार जसबाट सोच्न सकिन्छ। तिनीहरू, सबै वालवालिकालाई स्वतन्र अन्तरसम्वाद र खोजबाट सिकाई सिकाउने रमाईला तरिकाहरू हुन्।

ओएलपीसी का पाँच मान्यताहरु: (१) बच्चाको आफ्नै स्वामित्व ; (२) साना साना बच्चाका लागि; (३) सर्वसुलभता; (४) सन्चार सुबिधा; (५) खुल्ला स्रोत .

प्रति बच्चा एक ल्यापटप(OLPC)मा अझै धेरै। (pt) (es) र ओएलपीसीको सिकाई सम्बन्धि भिजन (pt) (es).

यो विकिभित्र भएका कुराहरु

सुरुवातको लागि प्रति बच्चा एक ल्यापटप(OLPC) पृष्ठ सहायक सिद्ध हुन सक्छ। यस पृष्ठमा परियोजनाको जानकारी समाबेश गरिएको छ। यहाँ धेरैजसो सोधिने प्रश्नहरु (FAQ) को जवाफ पनि राखिएको छ। यसका साथै तपाँईहरुले आफ्नै प्रश्न पनि सोध्न सक्नु हुन्छ। यहाँ हार्डवेयर, सफ्टवेर र अन्य सामाग्रीका साथै डेभलपर प्रोग्रामका— पृष्ठहरु पनि समाबेश गरिएका छन्। सफ्टवेर विकासको छुट्टै विकि यहाँ राखिएको छ। सुगर एउटा सुधारिएको ईन्टरफेस हो यसको आफ्नै ईन्टरफेस गाईडलाईन्सहरु छन। यहाँ , परियोजना विकासको वारेमा र हरेक राष्ट्र अन्तर्गतका बिषयहरुमा छलफल गर्ने पृष्ठहरु राखिएको छ। यहाँ विस्तृत बिषय सुचि पनि उपलब्ध छ। पछिल्लो र नयाँ विल्ड यहाँ राखिएको छ। साथै भरोसायुक्त विल्ड यहाँ राखिएको छ ।

यो विकिको बारेमा

यो विकिको उद्देश्य भनेको प्रोजेक्टको बारेमा जानकारी आदन प्रदान गर्नु र यस परियोजनाको लागि विचार,राय र सुझाबको अपेक्षा राख्न्नु हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैद्धान्तिक रुपमा फरक हुन सक्छन्। हामी तपाईंबाट सुझाबको अपेक्षा गर्दछौं। ("सुझाबका लागि माथिको "discussion" tab मा थिच्नुहोस्। ) यहाँ उल्लेखित सामाग्रीहरु ब्यक्तिगत बिचार नभएर सत्य र यथार्थ हुन्, त्यसैले यस प्रकारका सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला। तपाईंले गरेका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेश गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । ("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ खाता खोल्नुहोस् ") ओएलपिसी {{OLPC}} टेम्प्लेट समाबेश भएको पृष्ठहरु, जसमा परियोजनाको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पृष्ठहरु तपाँईहरु कै सहभागितामा तयार भएका हुन भन्ने कुरालाई मनन् गर्नुहोला।