ओएलपीसी विकि: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
m (header added)
(edited image and few lines)
Line 7: Line 7:


==नयाँ कुराहरु==
==नयाँ कुराहरु==

[[Image:007_Arahuay_2nd_Photo.JPG|thumb|165px| [[OLPC Peru/Arahuay|अराहुए , पेरु]] मा गरिएको [[Educators|पाईलट]]]]
* वृहत उत्पादनको सुरुवातसंगै हामी परिक्षणको चरणमा आईपुगेका छाै। तपाईको सहयोग र सुझाव प्रशंसनिय रहनेछ। ([[परिक्षण सम्बन्धी मुद्दाहरू]] हेर्नुहोस्)।
* एक्स अाे ल्यापटपले समुदाय श्रेणी अन्तरगत '''[http://www.indexaward.dk/2007/forside.asp इन्डेक्स अवार्ड २००७]''' जितेको छ।


* एउटा नयाँ फार्मवेयर [[OLPC_Firmware_q2c11|'''Q2C11''']], को साथमा भरोसायुक्त नयाँ संस्कारण [http://olpc.download.redhat.com/olpc/streams/development/build406/ '''विल्ड ४०६'''] उपलब्ध छ । कृपया आफ्नो [[आफै_हाल्न_मिल्ने_ईमेज |सिस्टम अद्धावधिक् गर्नुहोस]]। तपाइले सबै कार्यहरु सुधारिएको पाउनुहुनेछ । रिलिज सम्बन्धि कुराहरु चाडै आउदै छन ।
* एउटा नयाँ फार्मवेयर [[OLPC_Firmware_q2c11|'''Q2C11''']], को साथमा भरोसायुक्त नयाँ संस्कारण [http://olpc.download.redhat.com/olpc/streams/development/build406/ '''विल्ड ४०६'''] उपलब्ध छ । कृपया आफ्नो [[आफै_हाल्न_मिल्ने_ईमेज |सिस्टम अद्धावधिक् गर्नुहोस]]। तपाइले सबै कार्यहरु सुधारिएको पाउनुहुनेछ । रिलिज सम्बन्धि कुराहरु चाडै आउदै छन ।

Revision as of 07:22, 25 September 2007

  This page is monitored by the OLPC team.
  अनुवादित The OLPC Wiki आधार लेख  
   english | عربيپښتوбългарскиdeutschespañolfrançaiskreyòl ayisyenitaliano日本語한국어монголBahasa Melayuनेपालीnorskportuguêsromânăрусскийkinyarwandatürkçe中文繁體中文   +/- परिवर्तनहरु  


नयाँ सामाग्री लेख्नुहोस्

ओएलपिसीको विकिमा यहाँलाई स्वागत छ। यो प्रति बच्चा एक ल्यापटप परियोजना र सम्बन्धित परियोजना एवं समुदायको सहकार्ययुक्त संगालो हो। हामी संग अहिले 9,909 पेजहरू, करिब दुई हजार फाईलहरू र दुई हजार जति दर्ता भएका स्वयंसेवीहरू छन्् ; कृपया सहभागी हुनुहोस् र आफ्ना बिचारहरू बाँढ्नुहोस्।

नयाँ कुराहरु

  • एउटा नयाँ फार्मवेयर Q2C11, को साथमा भरोसायुक्त नयाँ संस्कारण विल्ड ४०६ उपलब्ध छ । कृपया आफ्नो सिस्टम अद्धावधिक् गर्नुहोस। तपाइले सबै कार्यहरु सुधारिएको पाउनुहुनेछ । रिलिज सम्बन्धि कुराहरु चाडै आउदै छन ।
  • पहिलो बि ३ उपकरणहरु बनिसकेका छन्।
  • क्याम्ब्रीजमा बी २ उपकरणहरु आइसकेका छन्, र डेभलपर कार्यक्रममा आबद्ध डेभलपरहरुलाई बीतरण भइराखेको छ।ती उपकारणहरु नहुनेहरुले चाँही आफ्नै कम्पुटरमा इमुलेटरमा काम गर्न सक्नुहुन्छ । यदि तपाईंसँग उपकरण छ भने कृपया BTest-2 Release NotesB1 Demo Notes हेर्नुहोला ।
  • हाम्रो सुरक्षा संरचनाका लागि नभै नहुने कुराहरु बीटफ्रष्टका रुपमा आइसकेको छ। तपाइको सुझाबहरुको अपेक्षा गरिन्छ।
  • प्रति बच्चा एक ल्यापटप(OLPC)वेबसाईट ले नयाँ रूप पाएको छ, नुरन र पेन्टाग्रामको प्रयासलाई धन्यवाद। OLPC फाउन्डेसनवेबसाईट पनि हेर्नुहोला । हामी नयाँ साईटको अनुवादको लागि आवश्यक सामाग्री चाडैनै यो विकिमा राखिनेछ ।
  • रुवान्डा ले "प्रति बच्चा एक ल्यापटप" अभियानमा प्रतिबद्धता जनाएको छ ।
  • उरुग्वेले ओएलपिसी प्रोजेक्टमा आफ्नो सहभागीताको घोषणा गरेको छ ।
  • ल्याटिन अमेरिकन तथा क्यारेबियन शिक्षामा डिजिटल प्रविधिको प्रयोगमा सहयोग पुर््याउनIDB र OLPC बिच समझदारी मा हस्ताक्षर भएको छ ।

साप्ताहिक समाचार यहाँ राखिएको छ ।

प्रति बच्चा एक ल्यापटप को बारेमा

Green and white machine.jpg
यो एउटा शैक्षिक अभियान हो, ल्यापटप बनाउने कार्यक्रम होइन।
निकोलस निग्रोपोन्टे

यो विकी प्रति बच्चा एक ल्यापटप संस्थाको लागि हो । यो नाफारहित संस्थाको उद्देश्य कम मुल्यको ल्यापटप उत्पादन गर्नु हो। — "$१०० ल्यापटप "— एउटा यस्तो प्रविधी जसले विश्वका वालवालिकालाई हमीले प्रदान गर्ने शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ। हम्रो लक्ष्य विश्वभरिका वालवालिकालाई खोज, अनुसन्धान र आफूहरूलाई ब्यक्त गर्ने नौला अवसरहरू प्रदान गर्नु हो।

विकासशील रष्ट्रका वालवालिकालाई ल्यापटप किन चाहियो? ल्यापटप झ्याल र औजार दुवै हो: एउटा यस्तो झ्याल जसबाट संसार चिहाउन सकिन्छ र एउटा यस्तो औजार जसबाट सोच्न सकिन्छ। तिनीहरू, सबै वालवालिकालाई स्वतन्र अन्तरसम्वाद र खोजबाट सिकाई सिकाउने रमाईला तरिकाहरू हुन्।

ओएलपीसी का पाँच मान्यताहरु: (१) बच्चाको आफ्नै स्वामित्व ; (२) साना साना बच्चाका लागि; (३) सर्वसुलभता; (४) सन्चार सुबिधा; (५) खुल्ला स्रोत .

प्रति बच्चा एक ल्यापटप(OLPC)मा अझै धेरै। (pt) (es) र ओएलपीसीको सिकाई सम्बन्धि भिजन (pt) (es).

यो विकिभित्र भएका कुराहरु

यो विकिको बारेमा धेरै कुरा थाहा पाउन प्रति बच्चा एक ल्यापटप(OLPC) पेज राम्रो हुन सक्छ। यस पेजमा प्रोजेक्टको जानकारी समाबेस गरिएको छ। यहाँ धेरैजसो सोधिने प्रस्नहरु (FAQ) को जवाफ पनि राखिएको छ। यसका साथै तपाँईहरुले आफ्नै प्रस्न पनि सोध्न सक्नु हुन्छ। यहाँ हार्डवेयर, सफ्टवेर र अन्य सामाग्रीका साथै डेभलपर प्रोग्रामका— पेजहरु पनि समाबेस गरिएका छन्। सफ्टवेर डेभलपमेन्टको छुट्टै विकि यहाँ राखिएको छ। सुगर एउटा सुधारिएको ईन्टरफेस हो यसको आफ्नै ईन्टरफेस गाईडलाईन्सहरु छन। यहाँ , प्रोजेक्ट डेभलपमेन्टको वारेमा र हरेक राष्ट्र अन्तर्गतका बिषयहरुमा छल्फल गर्ने पेजहरु राखिएको छ। यहाँ विस्तृत बिषय सुचि पनि उपलब्ध छ। पछिल्लो र नयाँ विल्ड यहाँ राखिएको छ। साथै भरोशायुक्त विल्ड यहाँ राखिएको छ ।

यो विकिको बारेमा

यो विकिको उद्देश्य भनेको प्रोजेक्ट को बारेमा जानकारी आदनप्रदान गर्नु र यस प्रोजेक्ट को लागि विचार र सुझाबको अपेक्षा राख्न्नु दुवै हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैदान्तिक रुपमा फरक हुन सक्छन। हामी तपाईंको सुझाबको अपेक्षा गर्दछौं । ("सुझाबका लागि माथिको "discussion" tab मा क्लिक गर्नु होला । ) यहाँ उल्लेखित सामाग्रीहरु मध्य जुन सत्य र यथार्थ हुन्, ब्यक्तिगत बिचार होइनन, त्यस्ता सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला । तपाईंले गरका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेस गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । ("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ अकाउन्ट खोल्नुहोस") ओएलपिसी {{OLPC}} टेम्प्लेट समाबेस भएको पेजहरु, जसमा प्रोजेक्टको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पेजहरु तपाँईहरुकै सहभागीतामा तयार भएकाहुन भन्ने कुरालाई ध्यानमा राख्न्नु होला।